Sunday, May 2, 2010

ध्वाँस देखाउनेलाई हामी पाठ सिकाउँछौं

यो सभा एउटा असाधारण सभाका रूपमा गरिरहेका छाँ । किनकि, यो चौरमा यति ठूलो जनसभा नेपालको इतिहासमा कहिल्यै भएको थिएन । यति अनुशासित, व्यवस्थित र शान्तिपूर्ण भयो । यस अर्थमा यो असाधारण सभा भयो । जाली फटाहाहरूले हिंसात्मक हुन्छ भनेर प्रचारबाजी गरेका थिए । तर, यो अनुशासित, शान्तिपूर्ण र व्यवस्थित भएको छ । यसले दलाल र प्रतिक्रियावादीका लागि चुनौती खडा गरेको छ । नेताले बोलेरभन्दा यहाँको उपस्थितिले व्यक्त गरेको छ ।
आज पनि राष्ट्रिय सरकार, शान्ति र संविधान सुनिश्चित भएन भने अनिश्चितकालीन हडतालमा जाने भनेका थियौँ । यो उपस्थितिले हामीले आधा मोर्चा जितिसकेका छौं । हामी बडो लचकताका साथ प्रस्तुत भएका छौं । माओवादीको जिम्मेवारीबोधलाई कमजोरी ठान्ने ? गत वर्ष संविधानसभा चुनावमा पनि यिनीहरूले माओवादीले यति धेरै मत पाउँछ भन्ने सोचेका थिएनन्, जनताले चमत्कार गरेर देखाए । आजको प्रदर्शनमा पनि यति धेरै जनता आउँछन् भनेर यिनीहरूले सोचेका थिएनन्, जनताले चमत्कार देखाइदिएका छन् ।

राष्ट्रको अस्मिता, गौरव, राष्ट्रिय अखण्डता गुम्दै छ भनेर यति धेरै जनता आएका छन् । नेपाल बचाउन, नेपाली जनताका परिवर्तन अपहरण गर्ने प्रयास भइरहेको छ, जनता यसैलाई बचाउन यहाँ आएका हुन् ।

हामी जनतालाई धोका दिनेवाला छैनाँै । हजाराँै सहिदको रगतमा दलालहरूले राज गरिरहेका छन् । हामी आफ्

नो भौगोलिक अखण्डता गुम्न दिने छैनाँै । भारत चीनसँग हामी राम्रो सम्बन्ध बनाउन चाहन्छाँै । हामी हाम्रो भूमि मिचिएको हेर्न सक्दैनाँै । -भारत सम्बन्धमा नयाँ आयाम चाहन्छौं
। भारतले माधव नेपाललाई उचालेर नेपाली सेनालाई हाँक्न चाहन्छ भने त्यो भारतीय नेताहरूको ठूलो गल्ती हो । भारतीय नेताले त्यो गल्ती नगरून् भन्ने मेरो अपिल हो । गुरिल्ला युद्ध गरोस् भनेर अनेकाँै षड्यन्त्र गरिएका थिए । गिरिजाबाबुले यो संयन्त्र प्रचण्डजीका लागि हो भन्नुभएको थियो । उहाँ सुतिरहेको कोठामा हामी पुगेका थियौँ । उहाँको एक विश्वास पात्र नेताले भन्नुभएको थियो 'प्रचण्डजीहरूलाई सिध्याउने षड्यन्त्र गर्दै छन् । शान्ति र संविधान बचाउन आवश्यक छ भन्नुभएको रहेछ । गिरिजाबाबुले शान्ति र संविधानको जिम्मा अब माओवादीले लिन्छ भन्नुभएको थियो । गिरिजाबाबुको निधनपछि संयन्त्रको बैठक बस्न सकेन ।
हामीले दुई (तीनवटा कुरा महत्त्वका साथ उठाउँदै आएका छौँ । नागरिक सर्वोच्चता, शान्ति र संविधानका लागि राष्ट्रिय सरकार चाहिन्छ भनेको हो । यो सरकार संविधान मिचेर बनेको छ । जनताको संविधानमा व्यक्त अभिमतविरुद्ध छ । यसैले यो सरकार राजनीतिक र संवैधानिक रूपले अबैध छ भनेका थियौँ ।
माओवादीले सडकबाट सरकार बदल्न सम्भव छैन भनिरहेका छन् । यहाँ केका लागि यति धेरै उपस्थित भएका छन् त । जनताको उपस्थितिले केका लागि आएका छन्, हिंसा भड्काउन आएका हुन् त ?

यो लाखाँै समुदायले के गथ्र्यो होला । अहिले नेपाली जनतालाई के चिन्ता छ भने यो देशमा विदेशीको दलाली गरेर राष्ट्रपति गद्दारी त भएको छैन । सरकारमा बस्नेले यो सरकारका मान्छेले जनसागरको विषयमा आत्मसमीक्षा गर्न सक्छन् । नेपाली जनता यहाँ एउटा युग निर्माण गर्न आएका छन् भन्ने बुभन जरुरी छ ।
नेपालमा ठुल्ठूला युगान्तकारी परिवर्तन भएका छन् । संविधानसभा, संघीयता, गणतन्त्रजस्ता परिवर्तन अपराधी, गुन्डा र भ्रष्टहरूले ल्याएका होइनन् । तिनीहरूले रोक्न चाहँदा-चाहँदै पनि यो जनताले झुपडीबाट ल्याएको परिवर्तन हो ।
नेपाली जनताको चाहनालाई अपहरण गर्नेविरुद्ध हुँकार दिन यो जनसागर आएको छ । सरकारमा बस्नेले सडकबाट सत्ता परिवर्तन हुन सक्दैन भनेर भनिरहेका छन् । अहिलेसम्मको ठूला परिवर्तन सडकबाट आएका हुन् । नेपालको इतिहास हेर्ने हो भने नेपाली जनतामाथि गद्दार गरेका छन् । नेपालमात्र होइन, विश्वमै यस्तै छ । मुठ्ठीभरले शासन गर्नेले जनतालाई सताइरहने जुन तरिका छ, त्यसलाई जनताले सडकबाट फालेका छन् । हिजो उनीहरू कहाँ थिए, जनता खाली खुट्टा सडकमा आएर उनीहरूलाई स्थापित गरेको हो कि होइन । तर, अहिले उनीहरू विचित्रको तर्क गरिरहेका छन्, उनीहरू अहिले धम्कीको भाषा बोलिरहेका छन् । उनीहरू चार-पाँच दिन पहिला बोलेको भए त ठीकै लाग्थ्यो, अहिले थिम्पूबाट फर्केपछि बोलेको यो कसको भाषा हो ? यो बेलुनमा भरिएको दूषित हावा हो, फर्किएर आउनेबित्तिकै सेना परिचालन गर्ने रे, मानौँ सेनाचाहिँ उनीहरूको खल्तीमा छन् । नेपालको परिवर्तनलाई नेपाली सेनाले आत्मसात् गरेको छ । अब नेपाली सेना जनताको परिवर्तनको चाहनालाई पूरा गर्न राष्ट्रवादी शत्तिसँग एकै ठाउँमा आउन जरुरी छ । नेपालको सबै राष्ट्रसेवकलाई इतिहासको आवाजलाई बुभ\mन जनताको मन-मस्तिष्कलाई बुभ\mन अपिल गर्दै सहकार्यमा आउनुपर्छ । उन्नतिका लागि हामी मिलेर अगाडि बढ्नुपर्छ । जनताको निर्वाचनमा व्यक्त जनमतविपरीत जालझलेबीच अप्राकृतिक, अपवित्र गठबन्धनविरुद्ध थिम्पूबाट आएर गरिएको आग्रह मान्य हुने छैन । राष्ट्रिय स्वाधीनता, शान्ति र संविधान रहरले होइन नेपाली जनताको मुक्तिका लागि उठाएको नारा हो, जनताबाहेक शान्ति बचाउन सक्दैनन् यिनीहरूले संविधान बनाउन सक्दैनन्, बरु भंग गर्न चाहन्छन् । हामीले धेरैपटक छलफल गर्दा उनीहरू गम्भीर छैनन् भन्ने देखेपछि हामी जनतासँग जानुको विकल्प थिएन । नेपाली जनतालाई दुःख दिने हाम्रो उद्देश्य होइन । शान्ति र संविधानका लागि ठीक नभएपछि हामी जनताकहाँ गयौँ । यो शान्ति, संविधान निर्माण र समृद्धको लडाइँ हो ।

सेना परिचालन गरेर माओवादीलाई तह लगाउने कुरा सुनेका छाँै । यो साह्रै ठूलो भूल गर्दै छन् । ज्ञानेन्द्र र पञ्चको भन्दा ठूलो भूल हुनेछ । उनीहरूले समयमै बुझून् । हामी अझै पनि सत्तामा बसेका नेतालाई जनताको आवाज सुनून् भन्ने चाहन्छाँै ।

भोलिबाट आमहडताल गर्दै छौँ । हामी वार्तामै छाँै । आज पुष्टि भएको छ
, हाम्रो र्‍याली शान्तिपूर्ण भयो । जे भनेका छाँै,

त्यही गरेका छाँै । भोलिबाट हुने हडताल शान्तिपूर्ण हुनेछ । भोलिबाट सडकमा जनता थपिनेछन् । यही र्‍यालीमाथि हिंसा थोपर्ने काम गर्‍यो भने त्यसको जिम्मेवार सरकार हुन्छ भनेका थियौँ । आमहडतालमा पनि उत्तेजना पैदा गरेर हिंसात्मक बनाइयो भने त्यसको जिम्मेवार सरकार नै हुनेछ । आन्दोलन हिंसात्मक र मुठभेडमा लगियो भने जनतालाई सहय हुने छैन । हामी वार्ता र छलफललाई निरन्तरता दिन्छौँ । हामी वार्ता र छलफललाई आन्दोलनका बीचमा पनि निरन्तरता दिन्छाँै । नेपाली जनताका लागि संघीय गणतन्त्रात्मक संविधान ग्यारेन्टी गर्दैनाँै । यो काम अहिलेको अपवित्र सरकारले गर्न सक्दैन । हामी बडो लचकताका साथ अगाडि बढेका छौँ ।
आमहडतालका क्रममा उपत्यकाका पूरै जनता सडकमा निस्किए । एकैदिनमा समस्याको समाधान हुन्छ
परिवर्तनका लागि एक-दुई कुनै संकोच नमान्न म उपत्याकावासीलाई आग्रह गर्दछु । नेवा समुदायको मुक्तिसँग जोडिएको छ, यो आन्दोलन । त्यसैले म सबै नेवार समुदायलाई यो आन्दोलनमा सहभागी बन्न आग्रह गर्दछु । मैले उद्योगी, व्यवसायीको चिन्ता बुझेका छु । तर,

शान्ति र संविधानका लागि बाध्यात्मक कदम हो यो । म यति नै दिनमा खुल्छ भनेर भन्न सक्ने अवस्थामा छैन । म पत्रकारलाई पनि नेपाली जनताको भावनालाई बुझेर अगाडि बढ्न आग्रह गर्दछु । हामीलाई व्यक्तिगत जीवन प्यारो छैन । देश र जनताको जीवन प्यारो छ । हामी मृत्युसँग लड्दै आएका मान्छे हाँै ।

म अन्तर्राष्ट्रिय समुदायसँग पनि आग्रह गर्न चाहन्छु । नेपाल युगान्तकारी परिवर्तनको पक्षमा छ । संविधान र शान्तिप्रक्रिया पूरा गर्नेमा तपाईंहरूको साथ रहनेछ । हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ । बदुदलीय प्रतिस्पर्धाप्रति पनि प्रतिबद्ध छौँ । एउटा तप्कालाई उठाएर नेपालमा हिंसा भड्काउने काम नहोस् । म हाम्रो आन्दोलनलाई संविधानसभा निर्वाचनजस्तै अनुगमन गर्न आग्रह गर्दछु । हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । हामी इतिहासको मिसनमा छाँै । एकजुट भएर शान्तिपूर्ण ढंगले भोलि र पर्सि पनि यसै गरेर देखाउनेछाँै ।

No comments:

Post a Comment