माओवादीका नेताहरुमध्ये तुलनात्मक रुपमा विपक्षीमाझ समेत रुचाईएका नेता बाबुराम भट्टराईले पार्टी अध्यक्ष पुष्पकमल दाहाल र अर्का उपाध्यक्ष मोहन बैद्यको पेलाहा नितिको औपचारिक विद्रोह शुरु गरेका छन्। पार्टीभित्र लोकतान्त्रीक लाईन हिमायती र शान्तीपूर्ण र लोकतान्त्रीक प्रतिष्पर्धाको आधारमा अगाडि बढ्नुपर्ने कुरालाई पार्टीभित्र स्थापित गराउन भट्टराई पार्टीभित्रै अर्न्तसंघर्षमा सार्वजनिक रुपमा सक्रिय भएका छन्।
पार्टीभित्र उनलाई संस्थापनपक्षधरहरुले जनयुद्धकालदेखी नै पेलाहा नीति आवलम्बन गर्दै आएका थिए। तर, उनी मौन देखिन्थे। पार्टीभित्रको अन्तरसंर्घषका बारे औपचारिक रुपमा त्यत्ति बोल्न नरुचाउने र सानो घेरामा सिमित बन्ने आफ्नो स्वभाव परिर्वतन गर्दै भट्टराई अहिले पार्टीभित्रका उच्च नेताको नीति विरुद्ध सार्वजनिक रुपमा प्रतिवादमा उत्रिएर सार्वजनिक मञ्चमार्फत आलोचना गर्न थालेका छन्।
दाहाल र बैद्यको निर्देशनविपरित आफु निकटका पार्टी कार्यकर्ताहरुको भेला गर्नु, विदेशीले आफुलाई प्रधानमन्त्री बन्न नदिएको भन्दै दाहाल कोकोहोलो गर्दै हिडेको अवस्थामा …भट्टराईलाई कुनै विदेशीले नभई नेपाली जनताले प्रधानमन्त्री बनाउंछन्’ भनेर चुनौती दिनु, र सावैजनिक रुपमै नेपाली जनताले प्रधानमन्त्रीका रुपमा आफुलाई हेर्न खोज्दा पनि पार्टीभित्रका र बाहिरका ब्यक्तिले प्रधानमन्त्री बन्न नदिएको भट्टराईको अभिब्यक्तिले उनी अब पार्टीभित्रको पेलाहा नीति चुपचाप सहेर नबस्ने निर्णयमा पुगेको पुष्टी हो।
जनयुद्धकालमा पार्टीनिति विपरित काम गरेको आरोपमा आफ्नै पार्टीको हिरासतमा राख्यो। उनी मौननै बसे। पछि सहमतीको आधारमा उनी रिहा भए। ज्ञानेन्द्र शाह विरुद्ध आन्दोलनमा होमिएका तत्कालीन सात दलसंग मोर्चा गठन गरी शान्तीपूर्ण राजनीतिमा जानुपर्ने उनको लाईन पार्टीले स्विकार गरी संविधान सभाको पहिलो ठुलो दल बन्दा समेत उनले जस पाएनन्। जस जति सबै पुष्पकमल दाहालको पोल्टामा पुग्यो।
संविधान सभाताका दाहाललाई पार्टीले राष्ट्रपतिको रुपमा अगाडि सारेको थियो। तर,त्यो सम्भव भएन। सबैले प्रधानमन्त्रीको रुपमा भट्टराईलाई हेरेका थिए। तर, दाहाल भित्ते राष्ट्रपतिमा चित्त बुझाएर आफैं प्रधानमन्त्री बन्न उर्फिए। उनी मौन नै बसे। माओवादी नेतृत्वको सरकारमा आलोचनारहित मन्त्री उनीमात्रै भए। सरकारमा सहभागी प्राय हरेक माओवादी नेता कुनै न कुनै विवादमा तानिए नै। तर उनी कुनै विवादमा आएनन्। बरु प्रशंसै कमाए उनले अर्थमन्त्रीको रुपमा पनि।
पार्टी सरकारबाहिर आएको अवस्थामा आन्दोलनका स्वरुपका बारे उनले राखेका प्रत्येक प्रस्तावहरु पार्टीले अस्विकार गर्यो। जसको परिणाम माओवादीका सबै आन्दोलन असफल भए। बैद्य जनविद्रोह मार्फत सत्ता कब्जाको रटानमा ब्यस्त रहेको बेला उनले लोकतन्त्रको सैद्धान्तीक बाटोवाट हिडेर सदनमार्फत नै सत्ता कब्जा गर्न सकिने राजनीतिक मोडल अगाडि सारिरहे भट्टराईले। दाहालले कहिले उनलाई बैद्यलाई तह लगाउने अस्त्र बनाए कहिले बैद्यको प्रयोग गरेर उनलाई साइजमा ल्याउने काम गरे।
पार्टीभित्रको पेलाहा नितिलाई परास्त गर्न उनले पार्टीमा आफ्नो विचार समेटेर प्रतिवेदन निर्माण गरे। तर, उनको विचारलाई पार्टीको तल्लो निकायसम्म पुग्न नदिन प्रमुख रुपमा दाहाल र सहयोगीको रुपमा बैद्य समुहले अनेक तिकडम गरिरहेका छन्
चर्को विरोधका कारण माधव नेपाल प्रधानमन्त्रीका रुपमा टिकिरहन सकेनन्। उनले राजीनामा दिए। पार्टीगत रुपमा मात्र हैन,चरित्रगत र बैचारिक रुपमा समेत दाहाल आम नागरिकमाझ अलोकप्रिय बन्दै गएको अवस्थामा माओवादीको नेतृत्वमा सरकार बने भट्टराईलाई प्रधानमन्त्री बनाउनुपर्नेमा माओवादीभित्र र बाहिरवाट जोडदार आवाज उठेको थियो। माओवादी समर्थक मात्र हैन, माओवादी विरोधीले समेत भट्टराईलाई प्रधानमन्त्रीको रुपमा स्विकार गरेतापनि दाहालले छोडेनन्। उनले अनेक तिकडम मात्र गरेनन् भट्टराईको लोकप्रियतावाट डराएर भारतको योजनाअनुसार भट्टराई प्रधानमन्त्री बन्न लागेको भन्ने आरोप लगाएर भट्टराईको राजनीतिक चरित्रहत्याको प्रयास समेत गरे।
दाहाल र बैद्यको तुलनामा पार्टीभित्र उनको पकड कमजोर छ। तर, यि दुबै नेताको तुलनामा पार्टीभित्र र बाहिर उनको विचार सबैमाझ पाच्य छ। उनको छवी पाच्य छ र उनको स्वभाव पारदर्शी छ। पार्टीभित्रको पेलाहा नितिलाई परास्त गर्न उनले पार्टीमा आफ्नो विचार समेटेर प्रतिवेदन निर्माण गरे। तर, उनको विचारलाई पार्टीको तल्लो निकायसम्म पुग्न नदिन प्रमुख रुपमा दाहाल र सहयोगीको रुपमा बैद्य समुहले अनेक तिकडम गरिरहेका छन् नै। अती गरेपछि खती हुन्छ। भट्टराईले सहनुपनि कति सहनु? त्यसैलेको परिणाम हुनसक्छ भट्टराईको यो आन्तरिक विद्रोह। उनको यो विद्रोहले माओवादीलाई शान्तीपूर्ण लोकतान्त्रीक प्रतिष्पर्धामा आधारित राजनीतिक पद्धतीमा प्रतिबद्ध बनाउन सकोस शुभकामना।
No comments:
Post a Comment