Wednesday, June 8, 2011

एन सेल को नया कल रेट

एनसेलका ग्राहकले उसकै नम्बरमा फोन गर्दा जति कुरा गर्‍यो थप त्यति नै अवधि बिनाशुल्क कुराकानी गर्न पाउने भएका छन् । कम्पनीले बिहीबारदेखि लागू हुने गरी एक मिनेट फोन गर्दा अर्को एक मिनेट निःशुल्क कुराकानी गर्ने योजना ल्याएको हो ।

यो योजना तीन महिनासम्म जारी रहने कम्पनीले जनाएको छ । 'एक मिनेटभन्दा बढी जति कुरा गरे पनि त्यसको आधा शुल्कमात्र तिर्नुपर्छ,' कम्पनीका प्रमुख कार्यकारी

अधिकृत पासी कोइस्तिनेनलाई उल्लेख गर्दै जारी विज्ञप्तिमा छ, 'दस मिनेट फोन गर्दा ५ मिनेटको शुल्क बुझाए हुन्छ ।'

ग्राहकले यो सेवा लिन 'ए' टाइप गरी १२१२ मा सन्देश पठाएपछि सुरुमा एक महिनाका लागि योजना सुचारु हुनेछ । योजना सुरु भए पनि नयाँ सिमकार्ड लिने ग्राहकले भने दुई महिनाका लागि स्वतः योजना प्रयोग गर्न पाउनेछन् । त्यसपछिको अवधिमा भने साप्ताहिक रूपमा लागू हुने यो योजना ग्राहकले पुनः लिन चाहे पहिलेकै जस्तो सन्देश पठाउनु

पर्नेछ । यसका लागि प्रत्येक साता ९ रुपैयाँ ९९ पैसा शुल्क तिर्नुपर्नेछ ।

सेवा अवधि कायम भएको अवस्थामा ग्राहकले सेवा चलाउन नचाहे 'आर' टाइप गरी १२१२ मा पठाए सेवा निष्त्रिmय गर्न सक्ने कम्पनीले जनाएको छ । 'मोबाइल फोनमा कुरा गर्दा समयको बन्देज र पैसा चढिरहेको पिर नगरी पूरा कुराकानी गर्न सकियोस् भनेर यो योजना ल्याएका हौं,' कोइस्तिनेनलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ ।

No comments:

Post a Comment