Monday, April 27, 2009

ब्लाग को हेडर

आज धेरै दिन को प्रयास पछि मैले नै यो ब्लाग को हेडर बनाएको छू यदि कसैले यो ब्लाग हेर्नु भयो भने कस्तो लाग्यो क्रीपया सल्लाह दिनु होला। ब्लाग को हेडर मा आफ्नो फोटो पानी राख्ने मन थियो तर बिबिध कारण ले गर्दा राख्न सकिने जस्तो लागेन त्यसैले यत्तिकै अप लोड गरिदिए । थाहा छैन तपाई लाइ कस्तो लाग्छ तर मलाई त राम्रै लाग्यो। ख़ास मा म कुनै पत्रकार पनी होइन र प्राबिधिक ज्ञान पनी छैन र कुनै त्यस्तो स्मरण हरु पनी हुदैनन जो अरु कसैको लागी मार्गदर्शक होऊं न तै पनि यो ब्लाग चलाउने रहर चाहि कहा बाट पलायो म आफैलाई थाहा छैन जे होस कुनै उल्लेखनीय काम नभएपनी कुनै न कुनै काम भएको हो भन्ने चाहि लागेको छ। अबको समस्या भनेको मेरो अर्को ब्लाग माझथाना क्लब ,ब्लाग्सम ,कम लाइ सजधज गर्ने धोको छ हेरौ के हुन्छा बारम्बार समाचार अपडेट गर्न र अन्य सामग्री पस्कन त सक्दिन नै तर पनि केहि न केहि सामग्री हरु त पसकने नै छू। अरु जे भएपनि आफ्ना लेख ता सुरक्षित हुन्छन् नि की कसो???? हुन त नेपाल को राजनितिक ख़बर हरु त जती पनि हुन्छन् तर खै के लेख्नु कुनै सन्तोस जनक समाचार पाइयो भने लेखौला नि

No comments:

Post a Comment