Thursday, April 30, 2009

धन्यबाद् सबैलाई

आज शिर्शक हेर्दा कसलाइ होला भनेर अचम्म मान्नु भएको होला तर् अचम्म मान्नु पर्दैन किनकि यो धन्यबाद् ति मेरा सम्पुर्ण साथि हरु लाइ हो अनि मेरा सम्पुर्ण सुभचिन्तक हरु लाइ हो जसले मेरो १५ महिन लामो बिदेश् बसाइ मा साथि हरु को अभाव महसुस हुन दियेनन्, जसले हृदय को कुनै न कुनै कुना बाट मेरो सफलता को कामना गरिरहे अनि आबस्यक ठाउ मा अभिभावकत्त्व प्रदान गरे तिनिहरु लाइ । अनि तिनिहरु लाइ पनि जसले मेरो सफलता मा खुशि मनाए।अनि तिनिहरु जो मेरो खुशि को लागि केहि गुमाउन तयार् छन् । अनि तिनिहरु पनि यो धन्यबाद का हकदार हुनेछन जस्ले समय सापेक्षित सल्लाह र सुझाब को कमि महसुस हुन बाट मुक्ति दिलाए।सम्पुर्ण बाट पाएको माया सल्लाह सुझाब अनि सदैब सहि मार्गदर्शन दिने हरु लाइ । म अनि तपाई हरु लाइ पनि धन्यबाद् अनि शुभकामना ब्यक्त गर्ने चाहन्छु। र सधै देखादेख् र मुखामुख् हुने साथिहरु लाइ अब १ महिना सम्म देख्न नपाउदा केहि खल्लो महसुस त पक्कै पनि हुने छ। यस बिच मा सम्पुर्ण साथिहरु मा मेरो आग्रह यो छ कि कृपया फोन र मेल को माध्यम बाट सम्पर्क म रहिरहनु होला। मलाइ तपाइ का सल्लाह र सुझाव को कुनै बेला पनि आबस्यक हुन सक्छ। जे होस बिदेश को यो १५ महिना को समय उत्साहजनक र पुर्ण सफलताजन्य नभएपनि नराम्रो पनि भएन समग्र मा भन्नु पर्दा औशत रह्यो। साथिहरु फेरि फेरि पनि तपाइ सँग भेट हुने नै छ धेरै कुराहरु गर्न बाकि छन अनि ,,,,,,,,,,,,,,,,,,,
सुरेश तिवारि

No comments:

Post a Comment