११ असार, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिओआर बिग्रिएपछि शनिबार दिउँसो १ बजेसम्मका लागि उडान ठप्प हुने भएको छ ।
विमानस्थलको कोटेश्वरमा रहेको भिओआर बिग्रिएपछि बाहिरबाट आएका विमान अवतरण गर्न नसकेर फिर्ता पठाइएको छ । भिओआर विमानलाई निर्देशन दिने यन्त्र हो । दुई महिनाअघि मात्रै परिवर्तन गरिएको भिओआरको अहिले मर्मत भइरहेको विमानस्थल स्रोतले बताएको छ
No comments:
Post a Comment