Saturday, June 25, 2011

अरुणिमा पनि आमा बन्दै

बलिउड अभिनेत्री ऐश्वर्या राय पनि आमा बन्न लागेको खबर यो साता बिश्वभरका संचारमाध्यमको चर्चाको बिषय बन्यो । नेपाली चलचित्रकी नायिका सञ्चीता लुइँटेल तीन जीऊकी भएको खवर नेपाली संचारमाध्यममा छाइरहेका छन् । यसैवीच अर्की नायिका अरुणिमा लम्साल पनि दुई जिउकी भएको थाहा भएको छ । बिगत तीन महिनादेखि औपचारिक कार्यक्रममा नदेखिएकी अरुणिमा गर्भवति भएपछि घरमै आराम गरेर बसिरहेकी छिन् ।

केहीदिन अघि मात्र चिकित्सककहाँ पुगेर जाँच गराएकी अरुणिमाले पेटमा भएको बच्चा र आफ्नो स्वास्थ्य राम्रो रहेको बताइन् । गतसाता केहि संचारमाध्यमले अरुणिमाले फिल्म नपाएका कारण घरमै बसेकी छिन् भनेर समाचार छापे भने केहिले श्रीमान्का कारण पारिवारिक तनाबमा फसेको समाचार सार्वजनीक गरेका थिए ।

तर, अरुणिमाले भने आफु तनावमा परेर वा काम नपाएर नभई खुसखवरका लागि आराम गरेर बसिरहेको बताएकी छन् ।

No comments:

Post a Comment