Saturday, July 16, 2011

लिबियाको वर्तमान राजनीतिक संकट समाधान गर्ने उपायसम्बन्धमा विश्व शक्तिराष्ट्रका विदेशमन्त्री टर्कीको राजधानी इस्तानबुलमा शुक्रबार भेला हुँदै छन् । बैठकमा अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन, बेलायती विदेशमन्त्री लिबियम हेग, प

mान्सेली विदेशमन्त्री अलेन जुप्पे तथा इटालियाली विदेशमन्त्री प
mान्को प
mाटिनीसहित १५ देशका विदेशमन्त्री सहभागी छन् ।


यस बैठकमा लिबियामा कर्णेल मुहम्मर गद्दाफीको सेनाविरुद्ध उत्तर एटलान्टिक सन्धि संगठन-नेटो)ले गरेको हवाई हमलाबारे छलफल गरिनेछ । यसैगरी, लिबियामा संयुक्त राष्ट्रसंघका विशेष दूत अब्दुल इलाह अल-खातिवको प्रतिवेदनमा पनि चर्चा हुने बताइएको छ । प्रतिवेदन लिबिया सरकार र बेनघाजीस्थित विद्रोहीद्वारा गठित अन्तरिम सरकारसँग भएको छलफलमा आधारित छ ।

बैठकमा कर्णेल गद्दाफीपछिको लिबियामा उत्पन्न हुने स्थितिबारे पनि छलफल गरिनेछ ।

बैठकमा सहभागी एक वरिष्ठ अधिकारी भन्छन्, 'गद्दाफीले सत्ता छाड्नैपर्छ । यो बैठक संक्रमणकालीन तयारीका लागि उपयोगी हुन सक्छ ।'

विद्रोहीको लोकतन्त्र स्थापनाका लागि तयारीसम्बन्धमा पनि बैठकमा छलफल गरिनेछ ।

यसैबीच, प
mान्स, इटाली, कतार तथा इजिप्टले विद्रोहीद्वारा स्थापित अन्तरिम सरकारलाई लिबियाको वास्तविक सरकारका रूपमा मान्यता दिइसकेका छन् ।

लिबिया सम्पर्क 'समूह' नामक दिइएको यस टोलीको यो चौथो बैठक हो । लिबियाको संकट शान्तिपूर्ण राजनीतिक समाधानको नजिक पुगेको प
mान्सले बताएको छ ।

यता, टर्कीका एक उच्च कूटनीतिज्ञका अनुसार शुक्रबार हुने इस्तानाबुल वार्ताको प्रमुख विषय भनेको शासक गद्दाफीको सुरक्षित निष्कासन गर्ने उपाय पहिल्याउनु रहेको छ ।

यस उच्चस्तरिय वार्तामा सहभागी हुन चीन र रुसले भने अस्वीकार गरेका छन् ।



विस्फोटमा पाँचको मृत्यु, 

लासकारघा/ अफगानिस्तान हेल्मान्ड प्रान्तको सान्गिन जिल्लामा सर्वसाधारण जनता चढेको मिनीबस सडक किनारामा राखेको बमसँग ठोकिँदा भएको विस्फोटमा पाँचजनाको मृत्यु भएको छ ।

विस्फोटमा अन्य एकजना घाइते भएको गृह मन्त्रालयले पुष्टि गरेको छ । स्थानीय समयानुसार ८.३० बजे बिहान राजधानी काबुलदेखि ५ सय ५५ किमि दक्षिणमा हेल्मान्ड प्रान्तको सान्गिन जिल्लामा भएको सान्गिन जिल्ला प्रमुखले बताएका छन् । संयुक्त राष्ट्रसंघले तयार पारेको प्रतिवेदनअनुसार सन् २०११ को ६ महिनासम्म अफगानिस्तानमा १ हजार ४ सय ६२ जना सर्वसाधारण मारिएका छन् । सन् २०१० को त्यही अवधिको तुलनामा यो संख्या १५ प्रतिशतले वृद्धि भएको छ ।



सडक दुर्घटनामा नौ 

 उत्तरी भारतको उत्तर प्रदेश राज्यमा बिहीबार राति भएको सडक दुर्घटनामा कम्तीमा नौ व्यक्तिकोे मृत्यु हुनुका साथै अन्य पाँचजना घाइते भएको प्रहरीले बताएको छ ।

दुईवटा ट्रक एकआपसमा ठोकिँदा दुर्घटना भएको पनि प्रहरीले बताएको छ । तीन व्यक्तिको दुर्घटनास्थलमै र अन्य ६ जनालाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । दुर्घटनाबाट घाइते भएकालाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । भारत विश्वकै उच्च सडक दुर्घटना हुने देशमध्ये एक हो ।



डुंगा डुब्दा तीनको मृत्यु

 बंगलादेशको नेट्राकोना जिल्लाको उप जिल्ला काल्माकान्दास्थित महिसखला नदीमा डुंगा डुब्दा कम्तीमा तीनजनाको मृत्यु भएको छ ।

डुंगा दुर्घटनामा दर्जनौँ घाइते भएको अंग्रेजीमा प्रकाशन हुने 'द डेली स्टार समाचारपत्रले जनाएको छ ।

डुंगामा यात्रु गरिरहेका ३५ यात्रुमध्ये दर्जनौँ हराइरहेका छन् । मर्ने तीन व्यक्तिको शव स्थानीय व्यक्तिले फेला पारेका छन् । बंगलादेश लगभग २ सय ५० नदीमा अहिले पनि डुंगा र नौका यातायातको साधनका रूपमा रहेको छ ।

No comments:

Post a Comment