प्रधान मन्त्री माधब् कुमार नेपाल देखि लिएर कोइराला पुत्री सुजाता सम्म नै सबै जनमत् बाट हारेका हरु को जमात हुदै छ यो अपबित्र गठबन्धन सरकार। मधेश मामिला मा दुई बिपरित धुर्ब तिर फर्केका पार्टी हरु नेकपा एमाले र मधेशि जनाधिकार् फोरम को अंकगणितिय र सम्मानजनक सहभागिता को लागी गरिएको गठबन्धन कति दिन टिक्ने हो स्वम माधब नेपाल लाइ नै थाहा नहोला। जसले जे भने पनि परिस्थितिजन्य अबस्था भनेर भनेको भए पनि यो गठबन्धन धेरै दिन टिक्ने वाला चाहि छैन। माधब नेपाल् स्वम मा आफै तर्कशिल् ब्यक्ति होइनन् खालि समन्वय र मध्य मार्ग ले मात्र पनि सरकार चल्ने वाला छैन यदि चलेछ भने पनि श्री पशुपतिनाथ का कृपा ले मात्र चल्ने छ।एमाले ले जनमत को अबमुल्यन गरेको यो सहित गरेर दोश्रो पटक हो हुन त अब को चुनाब मा आफ्नो पार्टि को हैसियत राप्रपा साईज् मा आउन सक्ने सम्भावना देखेर इतिहास को कुनै काल् खण्ड मा देश् कै सबै भन्दा ठुलो पार्टी कहलाएको पार्टी मा १३ बर्ष एकछत्र राज गरेका महापुरुष माधब कुमार नेपाल लाइ प्रधान मन्त्री जस्तो सबै ले खाइपाइ आएको पद १ पटक लाई जुराइदिउ भनेर गिरिजा र के पि ओलि को सयुक्त प्रयास मा प्रमुख राजनितिक प्रतिद्वन्दि एनेकपा माओबादि लाइ पनि स्वाद चखाउन पाइने र काङ्रेस ले बिगत का सत्रुता लाइ मित्रता मा बदल्न गरेको प्रयाश को उपज हो। इतिहास साक्षि छ माधब नेपाल ले गरेका कुनै पनि यस्तो एउटा काम वा निर्णय छैन जस्ले नेकपा एमाले को शिर् उचाँ राखोस। बर्तमान सबै का सामु छर्लङ छ अझै पनि एमाले मात्र एउटा त्यस्तो राजनितिक पार्टी हो जस्को संगठन अझै पनि मझबुत र चलाएमान छ। अरु पार्टी को तुलना मा राज्नैतिक र ईमान्दार छन। र केन्द्र बाट नै परिचालित छन। लाउडा कान्ड मा ५९ दिन सम्म संसद अबरुद्ध गरेर गिरिजा प्रसाद को राजिनामा माग्दा बाहेक अहिले सम्म मा कुनै पनि राजनैतिक अडान प्रस्तुत गर्न नसक्ने नेता हुन माधब कुमार नेपाल। हुनत देश लाइ अहिले समन्वकारि नेता को खाँचो छ यसमा दुइ मत् छैन तर माधब नेपाल को ईतिहास बताउछ कि उनले अहिले सम्म गरेको समन्वय रचनात्मक छैन।खालि दुइ झगडालु को बिच मा पन्चायत बोलाएर मिलाईयको सैलि को मात्र छ। रचनात्मक बिचार र नेतृत्व दायि भुमिका भन्दा दुइ दाजुभाइ को अंश बन्डा मिलाउने भन्दा कुनै ठुलो काम गरेका छैनन्। हुनत एसो भनिरहदा नेकपा एमाले का कार्यकर्ता हरुलाइ नमिठो फील होला तर पनि सम्पुर्ण देश र लगभग ३ करोड नेपालि को मत अनुशार नै ईमान्दार भएर राजनैतिक बिश्लेशण गर्ने हो भने यो के पि ओलि र गिरिजा को माओबादि संगको रिसिइबि को पालाको पैचो मात्र हो। कुनै पनि १ ईमान्दार एमाले कर्यकर्ता लाइ पनि यो राम्रो सँग थाहा छ। एमाले ले नै सरकार को नेतृत्व लिनु पर्ने बाध्यात्मक अबस्था को साँच्चै सृजना भएको थियो भने कुनै प्रत्क्ष्य निर्वाचन मा जितेको नेता लाइ पठाउदा पनि हुने थियो त्यस्तो अबस्था मा माधब नेपाल को जस्तो भुमिका को आब्स्यक परेमा उनको सहयोग र सल्लाह लिन सकिन्थियो। जे होस २२ लाख नेपालि को मत पाएको नेपाल को सबै भन्दा पुरानो कम्युनिष्ट पार्टी ले गरेको यो एतिहासिक भुल साबित हुनेछ। प्राकृतिक नियाम को अबमुल्यन हुनु भनेको कहा सम्म को जन मत को अब मुल्यन हो त जब चुनाब जितेर आएको मान्छे लाइ २ ठाउ बाट चुनाब हारेको मान्छे ले बिस्थापित गरेको कस्तो किसिम को सहमति हो???? र जनता प्रतिको न्याय हो???? अनि चुनाब हुनु को औचित्य के नै रह्यो र
सुरेश् तिवारि को मात्र ब्यक्तिगत बिचार हुन कसै प्रति आक्षेप र लान्छाना लगाउने ध्य ले लेखिएको लेख् होइन।
क्रिपया प्रतिक्रया लेखन नभुल्नु होला। आफ्नो बिचार लेखन को लागी प्रतिक्रया माँ क्लिक गारी लेख्नुहोस
No comments:
Post a Comment